सेती नदीमा फसेका तेजेन्द्रको सकुशल उद्धार
पाेखरा | साउन १४, २०८०
Photo: APF
पोखरा: कास्कीको माछापुच्छ«े गाउँपालिका १ खिम्राङस्थित सेती नदीमा फसेका तेजेन्द्र घर्ति मगरको सकुशल उद्धार भएको छ ।
नेपाल सशस्त्र प्रहरी बलको टोलीले आज (आइतबार) सेती नदीमा फसेका २० वर्षीय घर्तिमगरलाई सकुशल उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ति युवकले सेती नदीमा पौडी खेलेर नदी पार गर्छु भन्दा बीच भागमा नै अड्किएको अवस्थामा आएको जानकारी पछि सकुसल उद्धार गर्न सफल भएको जानकारी दिएको छ ।
माछापुच्छ«े १ खिम्राङस्थित निर्माणाधिन हाईड्रोपावरमा कार्यरत घर्तिमगरलाई उद्धारपछि उनका साथी दिपक घर्तिमगरको जिम्मा लगाएको कास्की प्रहरीले जनाएको छ ।
नदीमा युवक फसेको जानकारी पछि सशस्त्र प्रहरी र कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली तत्कालै खटिएर उद्धार गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

